युवा ज्योतिष हरिहर अधिकारी स्टारर फिल्म ‘शुभ लभ’ को ’स्याड सङ’ रिलिज भएको छ । चैत १५ गतेबाट प्रदर्शन हुने फिल्मको ‘टुक्रियो एउटा सपना’ बोलको गीत युट्युबमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर छ । भिडियोमा हरिहर अधिकारीलाई नवअभिनेत्री क्रिस्टिन पौडेलको यादमा तड्पिएको देख्न सकिन्छ । गीतमा तड्पिएका हरिहरको अभिनय पनि तारिफयोग्य छ ।

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतले मज्जाको प्रतिक्रिया पाइरहेको छ । फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्मको कथा भने हरिहर आफैंले लेखेका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् ।

फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोललगायतका कलाकारको पनि अभिनय छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

यसमा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । निर्देशक लोहनीले कथामा फिट हुने भएरै हरिहरलाई लिड रोलमा लिएको बताउँछन् । ज्योतिषकै भूमिकामा भएका कारण फिल्ममा उनीभन्दा बाहेक अरु फिट नै नहुने उनको भनाई छ ।

For More videos Log on to Mazzako TV