अपिल बिष्ट निर्देशित फिल्म ‘कागजपत्र’ को प्रचार प्रसारलाई तिब्रता दिइएको छ । आउँदो चैत्र ८ गतेबाट सार्वनजिक प्रदर्शनमा आउँने फिल्मको पहिलो चरणमा काठमाडौ, ललितपुर, भक्तपुरमा सञ्चालनमा रहेका ठुला सपिङ्ग मलमा प्रचार गरिने निर्माण टिमको भनाई छ ।

काठमाडौंको सिटी सेन्टरबाट सुरु गरिएको प्रचार शनिबार चुच्चेपाटी स्थित के एल टावरमा दर्शकसँग प्रत्यक्ष भेटघाट तथा फिल्मबारे जानकारी गराईयो । अब हरेक शनिबार विभिन्न राजधानीका सपिङ्ग मलमा फिल्मको प्रचार गरिने निर्देशक बिष्टले बताए ।

फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतको अभिनय छ ।
वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको फिल्मलाई खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ ।

यस्तै कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV