गर्भवती श्रीमतीसँग आर्यनको यस्तो फोटोसुट

वैशाखमा बाबु बन्न लागेका अभिनेता आर्यन सिग्देल अहिले खुशीमा दौडिरहेका छन् । हाल सिनेमा चच हुइको छायांकनका लागि आर्यन जोमसोम पुगेका छन् । तर, आर्यन र उनकी श्रीमती सपनाको खुशी भने अहिले निकै बढेको छ ।

सन्तान यो धर्तीमा आउनै लाग्दा आर्यन र सपनाले फोटोसुट गराएका छन् । आर्यनले बैशाखमा सन्तान जन्मने भनेर पनि उल्लेख गरेका छन् । आर्यन र सपनाले खिचाएको तस्बिरमा, सपनाले बेबी बम्प शो गरेकी छिन् ।

आर्यनले कतै बेबी बम्पमा चुम्बन गरेका छन् भने कतै सपनाको गालामा चुम्बन गरेका छन् । आर्यन र सपनाले ५ बर्ष अघि बिहे गरेका थिए ।









