निरुतालाई डेंगु
अभिनेत्री निरुता सिंहलाई डेंगु भएको छ । डेंगु भएपछि निरुता अहिले उपचारका क्रममा मुम्बइमा छिन् । केही दिनदेखि उनी मुम्बइको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । नेपालमा रहेको समयमा उनी नेपालगञ्जमा पुगेकी थिइन् ।

उनलाई सोही स्थानमा लामखुट्टेले टोकेपछि डेंगु सरेको बताइएको छ । निरुतालाई अहिले डेंगुको पहिलो स्टेजमा छिन् । अभिनेत्री निरुता सिंह लामो समयदेखि बिरामी थिइन् । उनलाई रुघा, खोकी, ज्वरो केही समयदेखि आइरहेको थियो । तर, मुम्बइमा पुगेर उपचार गर्दा उनलाई डेंगु भएको भन्ने थाहा भएको हो ।
अभिनेत्रीले एउटा गीतमा नृत्य गरेको सिनेमा क्याप्टेन अहिले चलिरहेको छ । उनको मुख्य भूमिका रहेको सिनेमा दाल भात तरकारी वैशाख १३ गतेबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV