वैशाख २५ मा दिवाकर र दीपिकाको बिहे
अभिनेत्री दीपिका प्रसाई अहिले नयाँ सिनेमाको तयारीमा छिन् । तर, सिनेमामा अफर आएपनि कुन सिनेमा गर्ने भन्ने दोधार भने उनलाई छ । निर्देशक दिवाकर भट्टराई पनि नयाँ सिनेमा निर्देशनको तयारीमा छन् ।

उनले निर्देशन गरेको सिनेमा क्याप्टेन अहिले हलमा राम्रो कमाईको साथमा चलिरहेको छ । इन्गेजमेन्ट गरेर एकसाथ बस्दै आएका दिपिका र दिवाकरले बिहे भने कहिले गर्लान् त ? निर्देशकका अनुसार उनीहरु वैशाख २५ गते बिहे गर्दैछन् । अहिले उनीहरु बिहेको तयारीमा पनि छन् ।
कोर्ट म्यारिज गरिसकेका यी दुइले परिवार, आफन्त, मिडिया र फिल्मीकर्मीको उपस्थितीमा वैशाख २५ गते बिहे गर्न लागेका हुन् ।
For More videos Log on to Mazzako TV