प्रेमलिलाको दोस्रो ट्रेलर सार्बजनिक (भिडियो)
नेपाली फिल्म ‘प्रेमलिला’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । फिल्मको रिलिज मिती भने चैत्रको ८ गते पक्का गरिएको छ । करिब एक महिना अघी सार्बजनिक गरिएको भन्दा छोटो बनाएर ट्रेलर प्रस्तुत गरिएको हो । फिल्मको नायिका तथा निर्मात्री दिपशिखा खड्का हुन भने अलि खान र मौसम खड्का पनि मुख्य भूमिकामा छन् ।

फिल्ममा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ । रामजी लामिछानेले यस फिल्म मा कोरियोग्राफी गरेका छन् ।
फिल्ममा नायिका खड्का स्वयंमको कथा, पटकथा तथा संवाद रहेको छ । यस फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।








