निरिषा र मनिषको चुम्बन
चैत्र १ गतेबाट रिलिज हुन लागेको सिनेमा जानी नजानीको मुख्य भूमिकामा अभिनेता मनिष श्रेष्ठ र अभिनेत्री निरिषा बस्नेतको मुख्य भूमिका छ । यो सिनेमा यी दुइको प्रेमको वरिपरी पनि घुमेको छ । यो सिनेमाको एउटा गीतमा यी दुइको चुम्बन भरिएको छ ।

सार्वजनिक सिनेमाको तस्बिरमा एकले अर्काको ओठमा चुम्बन गरेका छन् । रोशनी केसीको निर्माणमा तयार भएको यो लभ स्टोरी सिनेमालाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । सिनेमाले प्रेमको साथमा राष्ट्रियताको कथा पनि उठाएको छ ।

सिनेमामा चुम्बनको दृश्य दिएका कारण मनिष र निरिषाको रोमान्स हेर्न दर्शकले पाउनेछन् भन्ने आशा गर्न सकिन्छ । सामिप्यराज तिमिल्सिनाले यो गीतको भिडियो तयार पारेका हुन् ।
For More videos Log on to Mazzako TV







