यात्रा गीतमा मेलिनाको निन्दा
आफैले गाएको सिनेमा यात्राको चट्ट रुमाल बोलको गीतमा गायिका मेलिना राइले निन्दा गरेकी छिन् । चट्ट रुमाल क्या मालुम बोलको गीत युटुबमा सार्वजनिक भएर सर्वाधिक गाली खाएपछि मेलिनाले मुख खोलेकी हुन् । यो गीतमा गायिका राइको साथमा धमेन्द्र सेवानको स्वर छ ।

गायिका राइले यो गीतलाई राम्रो बनाउन आफूहरुले खुबै प्रयास गरेको पनि बताएकी छिन् । आफूले २ पटक गीत गाएको, गायक सुमन केसीले ३ पटक गीत गाएपनि उनको स्वर नराखिएको मेलिनाको भनाई छ । मेलिनाले यो गीत सार्वजनिक भएपछि आफूलाई अप्ठ्यारो परेको भन्दै यात्रा टिमको निन्दा गरेकी हुन् ।

उनले, पुरानो गीतलाई नयाँ बनाउनु आफैमा चुनौती भएको पनि बताएकी छिन् । सिनेमा यात्राको चट्ट रुमाल क्या मालुम सिनेमा आफ्नो मान्छेको रिएरेन्ज गीत हो ।








