सिनेमा क्याप्टेनको तेश्रो गीत सार्वजनिक गरिएको छ । सिनेमा रिलिज भएको एक हप्तापछि यो गीत बजारमा आएको हो । यो गीत क्याप्टेन सिनेमाको सबैभन्दा उत्कृष्ट गीत हो । तर, यो गीत ढिलो मात्र सार्वजनिक भएको छ ।

सक्दिनँ कि बाँच्न बोलको गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । गीतमा सिनेमाका मुख्य कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीलाई फिचरिङ गरिएको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो सिनेमालाई भूवन केसीले बनाएका हुन् ।

सिनेमाले एक सातामा राम्रो कलेक्शन गरेको छ । यो गीत सार्वजनिक भएपछि भोली शनिबार सिनेमाको व्यापारमा केही फरक पर्ने आशा गरिएको छ ।

For More videos Log on to Mazzako TV