अभिनेत्री बर्षा सिवाकोटीले निर्देशक मिलन चाम्ससँगको आफ्नो सम्बन्ध खुलाएकी छिन् । एक अनलाइनसँगको कुराकानीमा उनले मिलन आफ्नो अभिभावक मात्र भएको बताएकी छिन् । उनले, मिलन चाम्स आफ्नो अभिभावक भएको भन्दै उनीसँग जोडिन पाउँदा खुशी लागेको पनि बताइन् ।

अभिनेत्री बर्षा सिवाकोटीले मिलन चाम्सले निर्देशन गरेको सिनेमा विर विक्रम २ मा काम गरेकी छिन् । यसपछि यी दुइको नाम जोडिएको हो ।
सिनेमा विर विक्रम २ मा एउटा राम्रो टिमसँग आफूले काम गरेको भन्दै बर्षाले अब आफू बलियो टिमसँग भएको बताइन् । यसैले पनि सिनेमामा अब आफ्नो बाटो नै सुखद हुने आशा उनको छ ।

अमेरिकाको भिसा भएपनि अमेरिका जाने कुनै योजना नभएको उनले बताएकी छिन् । उनले, मिलन चाम्ससँग प्रेम रहेको र बिहे नै गर्ने हल्लालाई भने निराधार भनेकी छिन् ।

For More videos Log on to Mazzako TV