यस्तो छ क्याप्टेनपछि उपासनाको योजना
सिनेमा क्याप्टेनले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । सिनेमा सफल भएको मात्र छैन, अभिनेत्री उपासना सिंह ठकुरीको पनि राम्रो चर्चा भैरहेको छ ।
उपासना सिंह ठकुरीले सिनेमा कबड्डी ३ मा काम गर्न लागेको भन्ने चर्चा पनि छ । तर, उनले यो सिनेमामा संझौता गरिसकेकी छैनन् ।

उनै उपासनाले अब सिनेमा क्षेत्रमा कसरी अगाडि बढ्लिन् भन्ने उनका फ्यानलाई चासो छ । उपासना भने अब कथावस्तु राम्रो लागेको सिनेमा खेल्ने बताउँछिन् ।
उनले आफूलाई अहिले नै सिनेमा क्षेत्रमा आउने योजना नभएको पनि बताइन् । तर, अब भने दर्शकको प्रतिक्रियाले आफू उत्साहित भएको उनको भनाई छ ।