प्रेमगीत ३ मा हमाल ?
अभिनेता राजेश हमाललाई सिनेमा प्रेमगीत ३ बाट अफर गरिएको छ । यो सिनेमामा अभिनेता हमाललाई अर्का अभिनेता प्रदिप खड्काको पिताको भूमिकामा अफर गरिएको हो ।
तर, हमालले सिनेमा गर्ने वा नगर्ने भन्ने बिषयमा कुनै पनि जवाफ दिएका छैनन् । तर, हमालले यो सिनेमा गर्न सक्ने प्रबल संभावना छ ।

सिनेमा प्रेमगीत ३ मा अभिनेता प्रदिप खड्कामात्र फाइनल भएका छन् । सिनेमालाई छेतन गुरुङले निर्देशन गर्दैछन् । सिनेमालाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन् । सिनेमाको हाल कथाको काम भैरहेको छ ।
हमालले कथा मन परेको खण्डमा काम गर्ने बताएका छन् । अभिनेता राजेश हमालको पिताको भूमिका भएपनि पावरफूल भूमिका सिनेमा रहेको वुझिएको छ । सिनेमाको छायांकन दशैंमा सुरु हुँदैछ ।
For More videos Log on to Mazzako TV