चैत १ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘पुरानो बुलेट’ को टाइटल गीत ‘मेरो पुरानो बुलेटैमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको छ । सार्वजनिक भिडियोमा चलचित्रका केही दृश्यहरुलाई समेत प्रस्तुत गरिएको छ ।

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर केही समय अगाडी सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरलाई दर्शकले मज्जाको प्रतिक्रिया दिइरहेका छन् । पत्रकारीतामा लामो समयदेखी काम गरिरहेका भिषण राईको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् ।

For More videos Log on to Mazzako TV