अभिनेता आशिरमान देशराज जोशी सिनेमाको काममा दत्तचित्त भएर लाग्छन् । पहिलो सिनेमादेखि नै उनले मिहिनेत पनि गरेका छन् । तर, कहिलेकाही भाग्यले साथ नदिदा करिअरमा समस्या पर्ने रहेछ । आशिरमानले एउटा सिनेमाका लागि बर्षदिन भन्दा बढी समय दिएका छन् ।

उनको मिहिनेतलाई तारिफ गर्न सकिन्छ । तर, सिनेमाको व्यापार ? पहिलो सिनेमा ग्याङस्टार ब्लूजले राम्रो कमाई नगरेपछि उनलाई समस्या भयो । दोश्रो सिनेमा दि ब्रेकअपले त्यो असफलतालाई तोड्ने आशा उनका थियो । तर, दोश्रो प्रोजेक्ट पनि गतिलो चलिदिएन ।

शुक्रबारदेखि रिलिज भएको सिनेमाले दर्शकको कम साथ पाउँदा आशिरलाई समस्या परेको छ । लगातार २ वटा सिनेमा नचलेपछि अब आशिरको करिअर कसरी अघि बढ्छ भन्ने टिप्पणी हुन थालेको छ ।

For More videos Log on to Mazzako TV