मेरो एउटा साथी छ २ मा अनमोल र नम्रता ?
सिनेमा मेरो एउटा साथी छ २ बन्ने पक्का भएको छ । दिनेश राउतले यो सिनेमाको निर्देशन गर्दैछन् । दिनेशले बनाउन लागेको यो सिनेमाको लागि कलाकार को होलान् भन्ने चर्चा छ ।

यसैविच, सिनेमा मेरो एउटा साथी छ २ खेल्नका लागि अभिनेता अनमोल केसीले चासो राखेका छन् । तर, अनमोलको यसमा एउटा शर्त छ । उनले यो सिनेमामा अभिनेत्री नम्रता श्रेष्ठ भएको खण्डमा मात्र खेल्ने बताएका छन् ।
नम्रतासँग तपाइ सिनेमा कहिले खेल्नुहुन्छ भन्ने प्रश्नमा अनमोलले कथा राम्रो आएको खण्डमा खेल्ने बताए । मेरो एउटा साथी छ मा नम्रता र अभिनेता आर्यन सिग्देलको भूमिका थियो । के, मेरो एउटा साथी छ २ मा नम्रता र अनमोलको जोडी बाधिएला ?