के जसिताको काममा प्रदिपको हस्तक्षेप हुन्छ ?
अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङविच प्रेम सम्बन्ध छ या छैन ? के यी दुई कलाकार प्रेममा होलान् ? बजारमा यी दुइविच प्रेम सम्बन्धको चर्चा छ ।

तर, प्रेमको चर्चा चलिरहँदा जसिताको काम गराइमा प्रदिपको हस्तक्षेप हुने गरेको चर्चा छ । प्रदिपले गर नभनेसम्म जसिताले काम गर्दिनन् पनि भनिन्छ । तर, अभिनेता प्रदिप खड्काले भने यो कुरा अस्विकार गरेका छन् । उनले जसिताको काममा आफूले कहिले पनि हस्तक्षेप नगरेको बताए ।
यस्तै, अभिनेत्री जसिता गुरुङले पनि प्रदिप खड्काले आफूलाई कहिले पनि हस्तक्षेप नगरेको सुनाइन् । बरु, उनले प्रदिप लगायत सबैसँग आफूले सल्लाहा माग्ने गरेको स्पष्ट पारिन् ।








