निर्देशक राम्रै चाहिन्छ भनेर प्रदिपले कोप्रति कटाक्ष गरे ?
फिल्म लभ स्टेशनको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता प्रदिप खड्काले आफूले काम गरेका पहिलेका निर्देशकमाथि कटाक्ष गरेका छन् ।

उनले निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्दाको अनुभव सुनाउँदै भने–‘पहिले पहिलेको अनुभव, यसोउसो हेर्दा पनि निर्देशक त राम्रै चाहिन्छ भन्ने भैसकेको थियो ।’ प्रदिपले यसो भनेपछि पत्रकारहरुमा हाँसो छायो भने प्रदिप र जसिता पनि हाँसे । प्रदिपले यो कुरा भनेर कोप्रति इङ्गीत गर्न खोजेका हुन् । प्रदिपले काम गरेका निर्देशकमा उनको सम्बन्ध निर्देशक सुदर्शन थापा र मिलन चाम्ससँग राम्रो छैन ।
यसैले कतै उनको यो कटाक्ष सुदर्शन र मिलनप्रति त होइन भन्ने पनि प्रश्न उठ्छ । प्रदिप समय समयमा आफूले काम गरेको टिमको बिषयमा बोलेर बिबादित बन्ने गरेका छन् । यसपटक, उनले निर्देशकमाथि कटाक्ष गरेका छन् ।
For More videos Log on to Mazzako TV







