अभिनेत्री स्वेता खड्काले फेरि अभिनेता श्रीकृष्ण श्रेष्ठलाई संझिएकी छिन् । श्रीकृष्णले अभिनय गरेको सिनेमा आफ्नो मान्छेमा समावेश चट्ट रुमाल क्या मालुम बोलको गीत फेरि रिएरेन्ज भएर यात्रा सिनेमामा समावेश गरिएको छ ।

यो कार्यक्रममा आफ्नो मान्छेको यो गीतसँग आवद्ध कलाकार र अन्य टिमलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा स्वेताले श्रीकृष्ण र निर्देशक शिव रेग्मीलाई संझिएकी हुन् । उनले, यो सम्मान आफूले थाप्न पाउँदा खुशी लागेपनि उहाँहरु पनि भैदिएको भए कत्ती खुशी हुनुहुन्थ्यो होला भनिन् ।

सो समयमा स्वेता केही भावूक देखिएकी थिइन् । आफूलाई सिनेमा क्षेत्रमा आउनु भन्दा अघिदेखि नै यो गीत मनपर्ने गरेको उनले बताइन् ।

For More videos Log on to Mazzako TV