के क्याप्टेनले ३ करोड कमायो ?
शुक्रबारदेखि रिलिज भएको सिनेमा क्याप्टेनले आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । यो सिनेमालाई भूवन केसीले निर्माण गरेका हुन् भने दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।
सिनेमाले ४ दिनमा कती कमायो भन्ने खुल्दुली दर्शककमा छ ।

यो सिनेमाले पहिलो दिन ६५ लाख, दोश्रो दिन १ करोड २५ लाख र तेश्रो दिनमा ५० लाखको कारोबार गरेको यसका वितरक मनोज राठीले बताएका छन् । उनका अनुसार, सिनेमाले महाशिवरात्रीको दिनमा पनि बम्पर व्यापार गरेकाले ४ दिनमा सिनेमाको कमाई ३ करोड नजिक पुगेको छ ।
उनले, सिनेमाको यो व्यापारमा अभिनेता अनमोल केसीको स्टारडम, गीत र ट्रेलरको हाइपलाई मुख्य मानेका छन् । सिनेमाले लामो समयसम्म कमाई गर्ने भन्दै उनले दर्शकले मन पराएको बताएका छन् ।