‘चट्ट रुमाल’को नयाँ स्वादमा सलिन(भिडियो)
“चट्ट रुमाल क्या मालुम” स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झना दिने एक चर्चित गीत हो । जुन गीत लाई अहिले रि-एरेञ्ज गरेर सलिनमान बनिया अभिनित फिल्म “यात्रा”मा अटाइएको छ । चैत्र २१ गते बाट प्रदशन हुन लागेको फिल्ममा राखिएको उक्त गीतमा सलिनको साथमा सलोन बस्नेत , रेअर राई, प्रेश्या बज्राचार्य लगायतको नृत्य देख्न सकिन्छ । मंगलबार काठ्मान्डौमा एउटा कार्यक्रम गर्दै निर्माण टिम ले रिमेक गीत सार्बजनिक साथमा पुराना सर्जक लाई सम्मान पनि गर्यो ।

चलचित्र ‘आफ्नो मान्छे’ मा रहेको उक्त पुरानो भर्सनको गीतमा स्व. श्रीकृष्णको साथमा निरुता सिङ्ग लाई देख्न सकिन्छ । जसमा बाबुराम दाहालको शब्द रचनामा तयार पुरानो भर्सनमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ । शम्भुजित बाँस्कोटा र साधना सरगमले स्वर दिएका थिए । रिमेक भर्सनमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यसलाई राजन इशानले रि-एरेञ्ज गरेका हुन् । प्रविन सिंहले उक्त गीतको भिडियोलाई कोरियोग्राफी गरेका छन् ।
https://youtu.be/NsqGrpcYycA?t=112
ttps://youtu.be/NsqGrpcYycA?t=112
For More videos Log on to Mazzako TV







