मेरो फिल्मको समिक्षा दर्शकले गर्छन्ः अनमोल
अभिनेता अनमोल केसीको सिनेमा रिलिज भएपछि नेपाली फिल्मी बजारमा धेरै समिक्षकको उदय हुन्छ । अरु, समयमा सिनेमाको समिक्षा नै नगर्नेहरुपनि अनमोल केसीको सिनेमा गर्न तम्सिएका पाइन्छन् । अभिनेता केसीको सिनेमालाई समिक्षकले कहिले पनि सुखद भनेका छैनन् ।

तर, अभिनेता अनमोल केसीले भने आफ्ना समिक्षक दर्शक नै भएको बताएका छन् । उनले, आफूलाई दर्शकले दिएको प्रतिक्रिया नै अन्तिम लाग्ने बताए । दर्शकले आफ्नो काम मन पराइरहेको भन्दै उनले आफूले मिहिनेत गरिरहेको बताए । उनले आफ्ना समिक्षक दर्शक भएको स्पष्ट पारे ।
सिनेमा क्याप्टेनका लागि ३ महिना फुटबल सकेका अभिनेताको यसपटकको कामलाई दर्शकले तारिफ गरेका छन् । यसअगाडिका सिनेमामा भन्दा अनमोलले यसपटक मिहिनेत गरेको दर्शकको प्रतिक्रिया छ । समिक्षकले भने यसपटक पनि उनको अभिनयमा खोट देखाएका छन् ।
For More videos Log on to Mazzako TV







