सिनेमा क्याप्टेन अहिले हलमा रिलिज भैरहेको छ । शुक्रबारदेखि रिलिज भएको यो सिनेमाले व्यापार पनि राम्रो गरिरहेको छ ।
यो सिनेमामा २ जना अभिनेत्री छन् । जसमा, अभिनेत्री उपासना सिंह ठकुरीले सिनेमा क्षेत्रमा संभावना देखाएकी छिन् ।

सिनेमामा अभिनेता अनमोल केसीको प्रेमिकाको भूमिकामा देखिएकी उपासना सिनेमाभर हाबी छिन् ।
उनलाई गाउँले यूवतीको भूमिका खुबै सुहाएको छ । उपासनाले कथा अनुसार आफूलाई बगाएकी छिन् । यसैले पनि उनलाई नेपाली फिल्ममा राम्रो ब्यानर र राम्रो कथामा भिज्न सकेको खण्डमा लामो रेशको घोडा बन्ने संभावना भएकी हिरोइनको रुपमा हेर्न थालिएको छ ।

For More videos Log on to Mazzako TV