नेपाली फिल्म क्षेत्रमा माला लिम्बु खासै परिचित नाम होइन । मालाले एकाध सिनेमामा काम गरेपनि उनी सफल छैनन् । यसैले पनि मालालाई लिएर सिनेमा बनाउन निर्माताले आँट गर्दैनन् । वन वे डेब्यू अभिनेत्री माला विगत ६ बर्षदेखि एक यूवकको प्रेममा छिन् ।

उनी, लामो समयदेखि दिवस श्रेष्ठको प्रेममा रहेको उनले नै खुलाएकी छिन् । माला र दिवसको तस्बिर फेसबुकमा पनि खुबै भेट्न सकिन्छ । मालाको रिलिज हुन लागेको सिनेमा पुरानो बुलेटको प्रचार सामाग्री पनि दिवसले फेसबुकमा शेयर गरेका छन् ।

उनले, मालालाई आफ्नो नजिकको प्यारो भनेर समेत सम्बोधन गरेका छन् । दिवस अभिनेता अनुप विक्रम शाहीका साथी पनि हुन् ।

For More videos Log on to Mazzako TV