क्याप्टेनमा अनमोलको स्टारडम कि अभिनय ?
सिनेमा क्याप्टेन शुक्रबारदेखि रिलिज भएको हो । यो सिनेमाले हलमा शुक्रबार बिहानी शोमा औषत, दिवा शोमा सुखद कमाई गरेको थियो । शनिबार भने यो सिनेमाले देशभर नै बम्पर कमाई गरेको छ । सिनेमाको यो व्यापारलाई हलवालाहरुले छक्का पन्जा ३ पछिको बम्पर भनेका छन् । सिनेमा क्याप्टेनमा अभिनेता अनमोल केसी फुटबलरको भूमिकामा देखिएका छन् ।

यो सिनेमामा अनमोल केसी स्टारको रुपमा देखिएका छन् कि, कलाकारको रुपमा । अभिनेता केसीले सिनेमा होस्टलेदेखि नै लाग्दै आएको अभिनय नै गर्न नजान्ने भन्ने आरोपलाई धेरै हदसम्म यो सिनेमाबाट मुक्त गराउन खोजेका छन् । अभिनेता केसीले ३ महिना लगाएर सिकेको फुटबलको स्किल सिनेमामा देखाएका छन् ।
सिनेमा क्याप्टेन दर्शकका लागि स्टार अनमोल भन्दा पनि कलाकार अनमोलको रुपमा उत्कृष्ट देखिन सक्छ । छैटौ सिनेमासम्म आइपुग्दा अनमोलले आफ्नो काम, अभिनयमा ल्याएको निखारता प्रशंसा गर्न लायक छ ।








