स्वेताले हेल्लो जिन्दगी गर्ने
अभिनेत्री स्वेता खड्काले नयाँ सिनेमामा काम गर्ने भएकी छिन् । उनले काम गर्न लागेको नयाँ सिनेमाको नाम, हेल्लो जिन्दगी हो । यो सिनेमाका लागि उनले संझौता गरेकी हुन् ।

लामो समयपछि स्वेता आफ्नो ब्यानर बाहिरको सिनेमामा देखिन लागेकी हुन् । सिनेमा हेल्लो जिन्दगीलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गर्दैछन् । यो सिनेमामा सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रम जोशी लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
सिनेमाको छायांकन मार्चको अन्तिममा सुरु हुनेछ । यो सिनेमालाई विरन्जना इन्टरटेन्मेन्ट र महारानी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो । सिनेमा हेल्लो जिन्दगीले जिन्दगीको कथालाई भन्नेछ ।
For More videos Log on to Mazzako TV







