गौरव र मेनुकाको मज्जाको प्रेम, साइँली ट्रेलर (भिडियो)
चत्रै १५ गतेबाट प्रदर्शन हुने फिल्म ‘साइँली’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतलाई प्रस्तुत गरिएको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्

चर्चित गीत साइँलीको कथालाई फिल्म मार्फत ठुलो पर्दामा उतारिएको हो । ट्रेलरमा एक युवक बैदेशिक रोजगारीमा जान कसरी बाध्य हुन्छ भन्ने कथा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा निकै मज्जा आउँछ । ऋणले घरायसी जीवन र प्रेममा पार्ने प्रभाव फिल्ममा भन्न खोजिएको छ । साइँलीलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण फिल्म निर्माण गरिएको हो ।
विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको फिल्ममा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।








