‘चट्ट रुमाल’ अब सलिनको ‘यात्रा’ पनि (फोटो फिचर)

‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ अब फिल्म ‘यात्रा’ मा पनि हेर्न पाइने भएको छ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको उक्त गीतलाई रि–एरेन्ज गरेर फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ राखिने छ । गीतका केहि तस्वीर सार्वजनिक गर्दै निर्माण टिमले गीत रहेको जनाएको छ ।

सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि(एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर सुन्न सकिन्छ । यसमा राजन इशानले रिएरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् ।

गीतमा सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् । सम्राट शाक्यले निर्देशित फिल्म यहि चैत्र २९ गतेबाट रिलिज हुदैछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।









