निर्देशकले स्विकार गरे, दि ब्रेकअपको ओपनिङ राम्रो भएन
निर्देशक हेमराज वीसीले आफू निर्देशित सिनेमा दि ब्रेकअपको ओपनिङ राम्रो नभएको बताएका छन् । सिनेमाको प्रेस शोपछि पत्रकारसँग कुरा गदै उनले बारम्बार सिनेमा नचलेको अवस्थामा त्यसको असर २ सिनेमालाई परेको उनको तर्क छ । सिनेमा दि ब्रेकअपले बिहानी शोमा २०प्रतिशतको अकुपेन्सी गरेको छ ।

दिवा र रात्री शोमा पनि सिनेमा हेर्नका लागि दर्शकको चाप हलमा खासै देखिएको छैन । आजबाट नै रिलिज भएको अर्को सिनेमा क्याप्टेनको ओपनिङ पनि चित्त वुझाउने ठाउँमा छैन । सिनेमाले बिहानी शोमा ३५ देखि ४० प्रतिशतको ओपनिङ गरेको छ ।
तर, यो सिनेमाको व्यापार दिउँसोबाट केही सुधारिएको छ । सिनेमा क्याप्टेन र दि ब्रेकअपबाट नेपाली सिनेमा क्षेत्रले ठूलो आशा गरेको छ । तर, यो बर्ष निरन्तर सिनेमा असफल भएको असर यी दुई सिनेमालाई परेको छ ।
For More videos Log on to Mazzako TV







