सिनेमा जात्रै जात्रामा समावेश एउटा गीतको छायांकन भैरहेको छ । यो सिनेमा समावेश माया पिरिम बोलको गीतको छायांकन नर्लिङ रिसोर्टमा गरिएको हो । यो गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ ।

गीतमा लेखु सहयात्रीको शब्द तथा कृष्ण भारद्धाजको संगीत छ । यो गीतको भिडियोलाई बिहेको थीममा तयार पारिएको छ । गीतको भिडियोमा अतिथी कलाकारहरु करिश्मा मानन्धर, सारा सिर्पाली र निश्चल बस्नेतलाई देख्न सकिन्छ । बिहेको गीतमा सेलिब्रिटीहरुको उपस्तिथीमा यो गीत तयार पारिएको हो ।

यो गीतमा सिनेमाका मुख्य कलाकार विपिन कार्की र बर्षा राउतलाई पनि फिचरिङ गरिएको छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको सिनेमालाई रविन्द्र सिंह बाँनियाले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV