कस्तो छ लभ स्टेशनको फस्टलुक ?

गोविन्द शाहीको निर्माण तथा उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको सिनेमा लभ स्टेशनको फस्टलुक सार्वजनिक गरिएको छ । सिनेमाको रिलिजको करिब १ महिना अघि यसको फस्टलुक रिभिल भएको हो ।

सिनेमाको फस्टलुकमा यसअगाडि सार्वजनिक भैसकेको फोटोमा नाम लेखिएको छ । चैत्र २२ गतेबाट रिलिज हुन लागेको यो सिनेमामा अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका छ । सिनेमाको फस्टलुकमा प्रदिप र जसितालाई नै देखाइएको छ ।

सिनेमामा समावेश घाम जुन चाहिदैन बोलको गीत सार्वजनिक भैसकेको छ । यो गीतले औषत चर्चा पाइरहँदा यसको फस्टलुक सार्वजनिक भएको हो ।
