यस शुक्रबार दुई प्रतिक्षित नेपाली फिल्म हलमा भिड्दै छन् । फिल्म हुन् अनमोल केसी अभिनित ‘क्याप्टेन’ र आशिरमान जोशी अभिनित ‘द ब्रेकअप’ । महाशिवरात्रीको नजिक पारेर प्रदर्शनमा आएका दुई फिल्मको चर्चा पछिल्लो समय निकै थियो ।

दीवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’मा अनमोलको साथमा उपसना सिंह ठकुरि, प्रियंका एम.भि, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार , विल्सन बिक्रम राई, राजाराम पौडेल लगायत को अभिनय रहेको छ । त्यस्तैगरी हेमराज बिसी निर्देशित फिल्म ‘द ब्रेकप्’ फिल्ममा आशिरमानको अलावा शिल्पा मास्के, सरोज खनाल, रेमनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको कथा बस्तु हेर्दा क्याप्टेनमा खेल , राष्ट्रीयता, उत्प्रेरणा लाई मुख्य बिषय बनाइएको छ । द ब्रेकपमा भने युवा पुस्तामा हुने प्रेम र बिछोड लाई उठान गरिएको छ । कुन फिल्मले कतीको सफलता प्राप्त गर्छ त्यो भने केहि दिनमै थाहा होला । अनि तपाई कुन फिल्म हेर्ने सोँच बनाउदै हुनुहुन्छ त ?

For More videos Log on to Mazzako TV