सुमी र सन्नी ‘चुलो चौका’ मा ब्यस्त

फिल्म ‘सरौतो’ को लोक लयको गीतको छायाँकनसंगै राजधानीको सेड्युल सकिएको छ । निर्माण टिमले ललितपुर स्थित सानेपाको इन्टरनेशनल क्लबमा उक्त गीत छायांकन गरेको हो । छायाँकन भइरहेको गीतमा सुमी मोक्तान र सन्नी सिंहले कम्मर मर्काउदै थिए । स्कुलको एउटा कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिरहेको निर्देशक हरी हुमागाँइले बाताए ।

छायाँकन भईरहेको ‘चुलो चौका’ बोलको गीतमा राजनराज शिवाकोटीको र अञ्जु पन्तको स्वर रहेको छ भने यसमा राजनकै शब्द र संगीत रहेको छ । गीतलाई निलिशा शाक्यले कोरियोग्राफी गरेकी हुन् । गीतबाट सुमी र सन्नी निकै आशावादी देखिएका छन् । गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् भने सुमी र सन्नीलाई बेहुला तथा बेहुलीको साथीको रुपमा प्रस्तुत गरिएको छ ।

स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह (निर्माताको रुपमाश्री महर्जन रहेका छन् । एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहनेछ ।
For More videos Log on to Mazzako TV







