निर्देशक साम्तेन भुटियाले नयाँ सिनेमा निर्देशनको काम थालेका छन् । उनले निर्देशन गर्न लागेको सिनेमाको नाम चच हुई राखिएको छ । सिनेमाले लाइट कमेडी कथालाई उठाएको छ । सिनेमामा अभिनेता आर्यन सिग्देलले काम गर्दैछन् ।

आर्यनको साथमा सिनेमामा मिरुना मगरको मुख्य भूमिका रहनेछ । आर्यन र मिरुनाले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । सिनेमा चच हुइलाई अमृत घलेले निर्माण गर्न लागेका हुन् । सिनेमा चच हुइको छायांकन जोमसोम, पोखरा, काठमाण्डौ र हङकङमा हुँदैछ ।

केही समय स्टारडम खस्किएको भनेर चर्चा भएपनि अभिनेता आर्यन सिग्देल अहिले व्यस्त बन्न थालेका छन् । उनले हालै मात्र सिनेमा हजार जुनी सम्ममा काम गरेका छन् । अभिनेता आर्यन सिग्देलका अनुसार उनका लागि पनि यो सिनेमाको स्वाद केही फरक हुनेछ ।

For More videos Log on to Mazzako TV