बिहेपछि कोही पनि मानिस केही समय आराम गर्न चाहन्छ । श्रीमान् श्रीमती कतै हनिमुनका लागि जान चाहन्छन् । तर, अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाको हकमा भने यो कुरा लागू भएन । बिहे गरेको केही दिनमै अभिनेत्री राउत सिनेमा जात्रै जात्राको छायांकनमा व्यस्त छिन् ।

उनी अहिले सिनेमाको काममा व्यस्त बन्दा उनका श्रीमान् संजोग कोइराला पनि व्यस्त छन् । संजोग भने आफ्नो व्यक्तिगत व्यसायमा बढी व्यस्त भएको पाइन्छ । अभिनेत्री राउतले अभिनेता विपिन कार्कीसँग काम गरिरहेको सिनेमा जात्रै जात्राको हाल धमाधम छायांकन भैरहेको छ ।

यो सिनेमाको छायांकनमा व्यस्त बनेकी बर्षा काम सकेपछि मात्र हनिमुन जाने मुडमा छन् ।
कलाकार भैसकेपछि पहिले आफ्नो कामलाई प्राथमिकता दिनैपर्यो । तर, व्यक्तिगत जीवनलाई भने चाहेर पनि टाढा राख्नुपर्ने कलाकारको वाध्यता कम्ता पीडादायक छैन ।

For More videos Log on to Mazzako TV