नीताको ‘हिरोइन आयू’ सकिएको हो र ?
अभिनेत्री नीता ढुंगानाले एक कार्यक्रममा आफू कलाकार बन्न लागेको बताइन् । हिरोइन हुँदा केही बर्ष मात्र आयू हुने तर कलाकार हुँदा लामो समय खोजिने उनको तर्क थियो । अभिनेत्री नीता ढुंगानाले यसो भनिरहँदा अब यो कुरा भन्न सकिन्छ कि, के अब नीतालाई आफ्नो स्टारडममा विश्वास लाग्न छाडेको हो ।

किनकी, नीतालाई केही बर्ष अघिसम्म नेपाली फिल्मकी प्रतिस्पर्धामा रहेकी अभिनेत्रीको रुपमा पनि हेरिएको हो । तर, अहिलेको अवस्थामा नीतालाई मात्र हेर्न हलमा दर्शक आएका छैनन् । बरु, उनले काम गरेको मसान, पञ्चायत जस्ता सिनेमामा उनको काम रुचाइएको छ । यसैले पनि नीतालाई अब लाग्न थालेको हुनुपर्छ कि, सिनेमामा हिरोइन बन्छु भनेर लामो समय टिकिदैन ।
यही भएर पनि उनी अब सिनेमामा कलाकार हुनुपर्ने तर्क गर्न थालेकी छिन् । अभिनेत्रीले काम गरेका करोडपति, साइनो लगायतका सिनेमा प्रदर्शनको तयारीमा छन् ।
For More videos Log on to Mazzako TV