‘दि ब्रेकअप’ ले पायो पिजी सर्टिफिकेट
हेमराज बिसी निर्देशित फिल्म ‘दि ब्रेकअप’ ले पिजी प्रमाण पत्र पाएको छ । बधुबार चलचित्र बोर्डले फिल्मलाई पिजी प्रमाण पत्र प्रदान गरेको छ । अब यो फिल्म हेर्नको लागि १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साहरा लिनुपर्ने छ । बोल्ड सिनले गर्दा फिल्मलाई पिजी प्रमाण पत्र प्रदान गरिएको हो ।

यहि शुक्रबार बाट रिलिज हुने फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतको मुख्य भुमिका रहेको छ । कथा, पटकथा निर्देशक विसीकै रहेको छ ।
फिल्मको कथा पे्रम र बिछोडको वरिपरी घुमेको छ । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका छन् ।








