यहि शुक्रबार अर्थात फागुन १७ गतेबाट रिलिज हुने फिल्म ‘क्याप्टेन’ को टीम रियालिटी शो ‘को बन्छ करोडपती’ को मञ्चमा पुगेको छ । फिल्म युनिटले प्रचार प्रसारलाई तीव्रता दिइरहेको अबस्थामा महानायक राजेश हमालले एपी वान टेलिभिजनमा सञ्चालन गर्दै आएको रियालिटी शो ‘को बन्छ करोडपती’ को पुगेका हो । अभिनेता भुवन केसी, अनमोल केसी, डेव्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रिंयका एमभी र निरुता सिंह शोमा पुगेर गेम सम्म खेल्न भ्याएका छन् ।

क्याप्टेन निर्माण टिम केही दिन अघि नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘मुन्देको कमेडी क्लव’ मा पनि सिनेमाको प्रचार गरिएको थियो । यस्तै ‘क्याप्टेन’ निर्माण टिम मोफसल देखि राजधानीका विभिन्न मिडिया तथा कलेज सम्मका ठाँउमा पुगरे सिनेमाको प्रचार गरिरहेको छ ।

सुपर काजल फिल्मसको व्यानरमा भुवन केसीले निर्माण गरेको सिनेमाले शुक्रबार र शनिबार बम्पर ओपनिङ गर्ने अनुमान फिल्म पण्डितहरु गर्छन् । फुटबलको कथाबस्तु मा निर्माण गरिएको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV