अभिनेता भूवन केसी र अभिनेता अनमोल केसी सम्बन्धले बाबु छोरा भएपनि साथी जस्ता छन् । उनीहरुविचमा कुनै पनि कुरा लुक्दैन ।
तर, अनमोल र भूवनको शैली भने ठ्याक्कै उल्टो छ । भूवनमा हुनुपर्ने शैली अनमोलमा छ भने अनमोलमा हुनुपर्ने शैली भूवनमा छ ।

अनमोल पार्टी जान, मोज मस्ती गर्न रुचाउँदैनन् । उनी बरु धर्मकर्ममा बढी व्यस्त हुन्छन् । तर, भूवन भने राती अबेरसम्म पार्टी गर्ने, रमाइलो गर्ने खालका छन् ।
भूवन केसी आफ्नो उमेरमा आफूले गर्नुपर्ने काम अनमोलले अहिलेदेखि नै गर्ने गरेको बताउँछन् ।
अनमोल प्राय फिल्म हेर्ने, मन्दिर जाने, ननभेज नखाने, घरमै रमाउने खालका छन् ।

अनमोल र भूवन एकदमै मिल्ने साथी भएपनि उनीहरुको बानी व्यवहार भने ठ्याक्कै उल्टो छ ।
भूवन केसीले निर्माण गरेको फिल्म क्याप्टेन फागूण १७ गतेबाट रिलिज हुँदैछ । सिनेमामा अनमोल केसी फुटबल क्याप्टेनको भूमिकामा देखिएका छन् ।

For More videos Log on to Mazzako TV