प्रदिपको कुन कुन फिल्म हो आउने ?
अभिनेता प्रदिप खड्काको सिनेमाको नामले दर्शकलाई झुक्याउन थालेको छ । उनले अभिनय गरेको लभ स्टेशन सिनेमा रिलिज हुन लागेको छ । तर, अहिले प्रदिपले काम गर्ने सिनेमाको चर्चा बढी छ । उनले हेमराज वीसीको फिल्ममा काम गर्न लागेका छन् । तर, यो समयमा उनले रामबाबु गुरुङको सिनेमा कबड्डीमा पनि काम गर्न लागेको चर्चा छ ।

उनले, रामबाबुले नै बनाउन लागेको सिनेमा बेलामा पनि काम गर्न लागेको खबर बाहिरिरहेको छ । उनले सिनेमा प्रेमगीत ३ को निर्मातालाई पनि समय दिएका छन् । फेरि, उनै प्रदिपले सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको सिनेमा शुभ बिबाहमा काम गर्न लागेको खबर बाहिरिएको छ ।
सुरेन्द्र र प्रदिपविच मौखिक सहमती भैसकेपनि लिखित सहमती भने हुन बाँकी छ । यसरी, हेर्दा प्रदिप हातमा सिनेमा नै सिनेमा राखेर बसिरहेका छन् । तर, गर्ने कुन हो ? दर्शक नै दोधारमा पर्न थालेका छन् ।सुरेन्द्र र प्रदिपविच मौखिक सहमती भैसकेपनि लिखित सहमती भने हुन बाँकी छ । यसरी, हेर्दा प्रदिप हातमा सिनेमा नै सिनेमा राखेर बसिरहेका छन् । तर, गर्ने कुन हो ? दर्शक नै दोधारमा पर्न थालेका छन् ।