नन स्टप क्रियशनको ब्यारनमा बनेको सिनेमा पसिना अब रिलिज हुने भएको छ । यो सिनेमालाई वि.सं २०७६ सालको वैशाख २७ गतेबाट रिलिज गर्ने तयारी भएको छ । सिनेमा पसिनामा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाहको मुख्य भूमिका छ ।

सिनेमालाई आरबी खत्रीले निर्देशन गरेका हुन् । सिनेमामा उनको नै कथा छ । सिनेमालाई संजय महत्तो र शान्ता ढकालले मिलेर बनाएका हुन् । सिनेमाले सत्कर्म गरेर पसिना बगाएको खण्डमा सफलता मिल्ने कथालाई देखाएको छ ।

सिनेमा पसिनामा सरोज खनाल, रवि गिरी, धु्रव कोइराला लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक खत्रीले कम बजेटमा सन्देशमुलक र राम्रो कथामा सिनेमा बनाएको बताए ।

For More videos Log on to Mazzako TV