नीतालाई कलाकार बन्ने मुड कहिलेबाट आएछ ?
नोटबुक होस् या ६ एकान ६, यी सिनेमा चल्दा अभिनेत्री नीता ढुंगाना बलेकी थिइन् । तर, सबै कलाकारको दिन एउटै हुँदैन । अहिले नीता गलेकी छिन्, फिल्म चल्न छाडेका छन् । यसैले होला, उनलाई बल्ल आएर सिनेमाको हिरोइन भन्दा पनि कलाकार बन्ने सोच पलाएको छ ।

अभिनेत्री नीताले अभिनय गरेको सिनेमा साइनोमा उनी सह कलाकार छिन् । मुख्यकलाकारको रुपमा मिरुना मगर छिन् । नीता अब सह अभिनेत्री बन्न थालेकी हुन् त ? नीता अभिनेत्री बन्दा ५–६ बर्ष लाग्ने, तर कलाकार बन्दा लामो समय टिकिने सोच राख्छिन् । यसैले पनि उनलाई अब हिरोइन नभएर कलाकार बन्ने सोच आएको छ । राम्रो भूमिका पाएको खण्डमा आफूले हिरोइन कस्ती भनेर नहेर्ने उनको भनाई छ
For More videos Log on to Mazzako TV







