अनमोल र प्रदिपसँग काम गर्ने कुरामा पल के भन्छन् ?
नेपाली सिनेमामा अहिले संचारमाध्यममा राम्रै स्थान बनाएका तिन अभिनेता अनमोल केसी, प्रदिप खड्का र पल शाह एउटै सिनेमाका हुने संभावना कती होला ?
यो संभावना छैन भन्न पनि सकिदैन र चाडै नै होला भन्ने पनि छैन । तर, अहिले यी तिन कलाकारको एकसाथ काम गर्ने कुरा उठिरहेको छ ।

यसैविच, अभिनेता पल शाहले भने आफू अनमोल र प्रदिपको सिनेमामा कमेडी कलाकार वा भिलेन बन्न पनि तयार भएको बताएका छन् । उनले, आफुहरुविच कुनै पनि खालको नराम्रो सम्बन्ध नरहेको भन्दै एकसाथ काम गर्ने संभावना नभएको कुरालाई अस्विकार गरे । उनले, आफ्नो दिमागमा यो कुरा पहिलेदेखि नै चल्दै आएको पनि स्पष्ट पारे ।








