भूवन केसीको फिल्म खेल्दा अनमोललाई पारिश्रमिक कती ?
अभिनेता अनमोल केसी नेपाली सिनेमाका हाई डिमाण्डेड कलाकार हुन् । जसले जे जस्ता उपमा दिएपनि उनलाई सिनेमामा लिनका लागि निर्माताले ५० लाख पनि खन्याउन तयार छन् । तर, अभिनेतालाई सजिलै काममा लिन सजिलो छैन । अभिनेता केसीले अभिनय गरेको सिनेमा क्याप्टेन शुक्रबारदेखि रिलिज हुँदैछ ।

यो सिनेमालाई उनका पिता भूवन केसीले निर्माण गरेका हुन् । यो सिनेमामा काम गरेको अनमोलले कती लिन्छन् होला ? अनमोलका अनुसार, यो त घरमै आउने रकम हो । पारिश्रमिक भन्ने नै हुँदैन । तर, सिनेमा हिट भएपछि भने आफ्ना पिताले आफूलाई उपहार दिने गरेको अनमोल बताउँछन् ।
अनमोलका अनुसार, ड्रिम्स सिनेमा हिट भएपछि भूवनले उनलाई बाइक उपहार दिएका थिए । तर, अनमोलले आफूले भूवन केसीसँग कहिले पनि उपहार नमागेको बताएका छन् । फागूण १७ गतेबाट रिलिज हुन लागेको क्याप्टेन सिनेमाबाट आफू अत्यन्त आशावादी रहेको अनमोल सुनाउँछन् । उनले, सिनेमाको व्यापार भन्दा पनि दर्शकले दिने माया र प्रतिक्रिया आफ्ना लागि विशेष हुने सुनाए ।
For More videos Log on to Mazzako TV







