दीपाश्रीलाई कसले पत्याएन ?
अभिनेत्रीबाट निर्देशक बनेकी दीपाश्री निरौलाले ३ वटा सिनेमा निर्देशन गरिसकेकी छिन् । सर्वाधिक कमाउने सिनेमाको सूचीको टप ३ मा उनकै सिनेमा छन् । नेपाली सिनेमाको एक मात्र ब्लकबस्टर निर्देशक हुन्, दीपाश्री ।

तर, दीपाश्रीले भने आफू महिला भएकै कारणले गर्दा आफूलाई निर्देशक भनेर मान्छेले नपत्याएको गुनासो गरेकी छिन् । काठमाण्डौमा आयोजना भैरहेको निम्फ फिल्म फेस्टिभलमा उनले आफू महिला भएको कारणले गर्दा निर्देशन पनि गर्न सक्छे र भनेर मानिसले भन्ने गरेको गुनासो गरिन् ।
दीपाश्रीले त छक्का पन्जादेखि छक्का पन्जा ३ तपाइले नै निर्देशन गर्नुभएको हो भनेर मानिसहरुले सोध्ने गरेको बताइन् । यसैले सिनेमामा महिलाले काम गर्न गाह्रो भएको दीपाश्रीको भनाई छ ।
For More videos Log on to Mazzako TV







