केदार धितालको निर्देशन रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्मक्रमको आयोजना गर्दै ‘पटुकी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भिमराज सापकोटाको शब्द रहेको गीतमा केशब अचार्यको संगीत र स्वर रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् भने भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ ।

भिडियोमा कमल र श्रेयाको अभिनय निकै मज्जाको छ । भिडियोमा अन्य कलाकारहरु पनि प्रस्तुत छन् । बुद्ध थापाले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् भने डी ओ पी अर्जुन तिवारी हुन् ।

For More videos Log on to Mazzako TV