मनिष श्रेष्ठ अभिनित फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा माया, प्रेम रोमान्स र बिछोडलाई प्रस्तुत गरिएको छ । मनिष र निरिशा बस्नेतको प्रेममा आउने उचारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । 

बसन्त अधिकारीले निर्देशित फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सुमि मोक्तान, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय छ ।
ट्रेलरमा मेकिङ क्वालिटी पनि रीच देखिएको छ । अर्जुन पोखरेलले तयार पारेको ‘एउटीलाई मुटुमा घर’ बोलको गीतका कारण चर्चामा रहेको यो फिल्म चैत १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । 

सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेको फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ भने कोरियोग्राफी कविराज गहतराज, प्रविन सिंह, शिशिर खातीको रहेको छ । संजय लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्म दचैत १ गते रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV