अभिनेता अनमोल केसीले अभिनय गरेको सिनेमा क्याप्टेन रिलिजको तयारीमा छ । यो सिनेमा फागूण १७ गतेबाट रिलिज हुँदैछ । सिनेमाको प्रचारप्रसारले अहिले फिल्म बजार पनि तातेको छ । अभिनेता अनमोल केसी पनि सिनेमाको प्रचारका लागि विभिन्न स्थानमा पुगिरहेका छन् ।

सिनेमाको प्रचारका लागि चितवन पुगेका अभिनेताले यो सिनेमा हेर्दा विश्वकप फुटबल हेरेजस्तै रमाइलो हुने बताएका छन् । अभिनेता केसीले सिनेमाको प्रचारका क्रममा पत्रकारसँग, सिनेमाले फुटबलको रमाइलो दिने बताए ।

साथमा, सिनेमा हेर्दा दर्शकको मनमा एक प्रकारको तरंग पैदा हुने उनको भनाई छ । भूवन केसीको निर्माणमा तयार भएको सिनेमालाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV