अभिनेता पल शाह आज आफ्नो जन्मदिन मनाइरहेका छन् । उनको जन्मदिनमा थुप्रै्र शुभकामना आएतापनि उनका लागि अभिनेत्री आँचल शर्माको शुभकामना विशेष हुने नै भयो । आँचलले पनि मन छुने शुभकामना दिएकी छिन् ।

आँचलले पललाई आफ्नो गाह्रो समयमा सधै नै आफूलाई साथ दिएको र सधै हुने भनेर विश्वास व्यक्त गरेकी छिन् । उनले, पल शाहको जीवन रंगिन होस् भनेर पनि शुभकामना दिएकी छिन् ।
आँचलको शुभकामनाले भावूक बनेका पलले उनलाई आचलु भन्दै धन्यवाद पनि दिएका छन् ।

नेपाली फिल्म क्षेत्रमा नाई नभन्नु ल ४ बाट उदाएका पल शाहको करिअर भने म्यूजिक भिडियोबाट सुरु भएको हो । पल शाह आज नेपाली सिनेमामा गनिने नाम हो ।

For More videos Log on to Mazzako TV