हमालको प्रेम विदेशी यूवतीसँग मात्र
अभिनेता राजेश हमालको प्रेम जीवन खुलेन । उनको प्रेम जोसँग खुल्यो, उनैसँग उनको बिहे पनि भयो । मधु भट्टराइसँग अभिनेता हमालको बिहे भयो । यी दुइले करिब ७ बर्ष प्रेमको यात्रा तय गरे । यी दुइले बिहे गरेको पनि ५ बर्ष भैसकेको छ ।

अभिनेता हमालले हिमालय टीभीको लोकप्रिय कार्यक्रम जीवनसाथीमा भने आफ्नो प्रेम जीवनको बारेमा खुलाएका छन् । उनले, आफ्नो प्रेम नेपाली फिल्मका अभिनेत्रीहरुसँग नभएको स्पष्ट पारेका छन् । हमालले आफ्नो प्रेम प्राय विदेशी यूवतीहरुसँग बढी भएको पनि खुलाए ।
हमालले यसो भनिरहँदा उनकी श्रीमती मधुले भने आफूलाई यो कुरा थाहा भएको पनि बताइन् । हमालले मधुसँग पनि यो कुरा शेयर गरिसकेका छन् ।
अभिनेता हमालको नेपालमा खासै प्रेम सम्बन्धको चर्चा भएन । राम्रो अंग्रेजी बोल्ने र बढी बिदेश घुम्ने भएकाले पनि हमालको प्रेम विदेशी यूवतीहरुसँग भएको हुनसक्छ ।








