बैशाख २७ गतेबाट प्रदर्शनमा आउँने तयारी गरेको फिल्म ‘कप्स’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो । टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको ‘तिमी र म’ बोलको गीत मा अभिनेता अनुपविक्रम शाही र नव–अभिनेत्री सन्दिपा लिम्बु रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका छन् ।

गीतमा विजय घिमिरे र नितु गुरुङको स्वर छ । गीतमा गायक घिमिरेको शब्द तथा संगीत छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा अनुप र सन्दिपाको केमेस्ट्री मज्जाको छ । फिल्ममा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतको पनि अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ ।

एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

For More videos Log on to Mazzako TV